दफा
औषधि सल्लाहकार समिति
(१) औषधिको अनुसन्धान, विकास र नियन्त्रण सम्बन्धी प्राविधिक कुरामा विभागलाई परामर्श दिन तोकिएबमोजिम औषधि सल्लाहकार
समिति गठन हुनेछ ।
(२) औषधि सल्लाहकार समितिको काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।